Wednesday, August 27, 2008

र्सतर्क हुनुस् अर्थमन्त्री

बाबुराम भट्टर्राईजी † गणतान्त्रिक नेपालको पहिलो अर्थमन्त्रीमा तपाईं नियुक्त भएको खबर पाए । वास्तवमा २००७ मा प्रजातन्त्र आएपछि धेरै मन्त्री आए, गए तर सम्झनलायक कोही देखिएनन् । जीवनभर मूल्य र मान्यताको पक्षमा वकालत गर्नेहरूसमेत मन्त्री भएपछि पतन भएको थाहा पाउनुभएकै होला । 'क्षमता हुनेहरूको नियत ठीक छैन र नियत ठीक हुनेको क्षमता छैन' भनेर आरोपित कर्मचारीतन्त्रका कुरा घुमाउन खली कर्मचारीस“ग काम गर्न तपाईंलाई कम्ता गाह्रो हुने छैन ।

क्षमतावान् र कर्तव्यनिष्ठ मान्छे बहुत स्वाभिमानी हुन्छ भन्ने तपाईंले जति राम्रोस“ग कमैले बुझेका होलान् । पचासौं वर्षेखि भताभुंग राज्यको पुनःसंरचना तपाईंले सोचेजति सजिलो छैन । तपाईंको खरो वचनले मात्रै भ्रष्टाचारीको जालो सजिलै च्यातिएलाजस्तो लाग्दैन । भ्रष्टचारी समूहमा काम गर्छन् । जसलाई भ्रष्टाचारको निरीक्षणमा पठायो, त्यही बिकेर उतै मिल्छ । नेपालको कर्मचारी प्रशासनको पूरै परिवर्तन तपाईंका लागि फलामे चिउरासरह हुनेछ ।

खोज्नसके यहा“ इमान्दार मान्छे प्रशस्तै छन् । तर ती चर्चा र समाचारमा आउन चाहन्नन् । तिनलाई पत्ता लगाउन र सहकार्य गर्न तपाईंलाई १२ बज्नेछ भन्दा नरिसाउनुहोला, सधैं समाचार र पत्रपत्रिकामा मात्र आउन चाहनेहरू त्यति राम्रा मान्छे होइनन् । आफूलाई पनि त्यहीअनुसार रूपान्तरण गर्नुहोला । साह्रै डरलाग्दो जनयुद्ध लडेर आउनुभएको छ । तपाईंका 'हाम्रा मान्छेहरू' पनि होलान्, त्यसले गर्दा 'राम्रा मान्छेहरू' फालिएलान् र तपाईं यही“नेर चुक्नुहोला भन्ने मलाई डर छ । सा“च्चिकै राष्ट्रका लागि लड्नेहरूले बदलामा केही खोज्दैनन् । यसो भनेर मैले पीडामा परेका र तपाईंलाई दुखःमा साथ दिने मित्रको स्वाभिमानलाई बिर्सनुहोला भन्न खोजेको होइन ।

अर्को समस्या, अब तपाईंस“ग मित्रता गर्नेहरूको लहर बढ्नेछ, मित्रहरूको राम्रो वर्गीकरण गर्नुहोला । राज्यको साधनस्रोत जथाभावी नबा“ड्नुहोला । तपाईंलाई आवश्यक बैठकमा बाहेक कतै अर्ती-उपदेश दिने, उद्घाटन गर्ने र अभिनन्दन गर्ने, गराउने गरी टीभी तथा अखबारहरूमा देख्नु नपरोस् । संसारको दर्रि्र मुलुकका व्यक्ति मन्त्री हुनासाथ रातारात हृष्टपुष्ट देखिने तर मुलुकचाहि“ झन् डुब्दै जाने स्थितिको पुनरावृत्ति हुन नदिनुहोला । तपाईंले हात हालेका ठाउ“मा पाएको अद्वितीय सफलता मन्त्री

पदमा पनि दोहर्‍याउनुहोला । तपाईंलाई बधाई दिने दिनको प्रतीक्षामा छु ।

- कल्याण आचार्य

एआईटी, थाइल्यान्ड

1 comments:

kukdai said...

good one

Post a Comment

Spam and offensive messages will be deleted.