This is How we Chill in India
This is Unreal!!! On the highways of New Delhi, India
Carnegie Mellon Professor Randy Pausch (Oct. 23, 1960 - July 25, 2008) gave his last lecture at the university Sept. 18, 2007, before a packed McConomy Auditorium. In his moving presentation, "Really Achieving Your Childhood Dreams," Pausch talked about his lessons learned and gave advice to students on how to achieve their own career and personal goals. For more, visit www.cmu.edu/randyslecture.
Labels: Nepal, Silent Loudspeaker
I decided to upload some more bits of the operation involving worms in a young lady's intestines. I was working for a humanitarian aid organization in Nepal. Aside from other work I was assisting in various operations: A lady came in complaining of pain in her lower abdomen and she was suffering from severe bloating. An ultrasound was rather inconclusive so we performed exploratory surgery. When we opened her up we found her intestines to be huge, so after making a small incision to see what was inside...Watch the video, that is, if you are not too squeamish...they are worms by the way....
२०२७ को वैशाख २० गते दिउँसो । गोर्खाको पहाडी भेगको एउटा मिडिल स्कुलमा कक्षा चलिरहेका छन् । कक्षा ७ मा एउटा भर्खर जुँगाले निहुँ खोजिरहेको खिरिलो युवा अंग्रेजी पढाइरहेको छ । आज बिहानैदेखि एउटा उत्सुकता मनमा छ, जसका बारेमा धेरै विद्यार्थीलाई अनुमान छैन । बिहानै गाउँको प्रधानको छोरा हरि ढकालले एसएलसीको रिजल्ट भएको खबर सुनाएर गएको छ । शिक्षक जो, गोर्खाको अमरज्योति मिसन स्कुलको विद्यार्थी हो, उसलाई रिजल्टमा त्यति धेरै चासो त छैन, तर कृष्णले गीतामा जति शब्द खर्चिएर 'कर्म गर फलको आशा' नगर भने पनि जाँच दिएको विद्यार्थीलाई रिजल्टको पर्खाइ भई नै हाल्छ । सो, यो तीनमहिने शिक्षकलाई पनि चासो छ । अमरज्योतिको एउटा विद्यार्थी चाँडै गाउँ फर्कियो । र, उसले एउटा खबर सुनायो । अब शिक्षकको खुल्दुली झन् बढ्दो छ । साढे दुई बज्यो, गाउँबाट रेडियो स्कुलमा आयो । र, कक्षा लिइरहेको शिक्षक बाहिर निस्किएर रेडियो सुन्न थाल्यो । रेडियोले भन्यो- 'आज प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भयो । नतिजाअनुसार अमरज्योति हाइस्कुल, गोर्खा लुइँटेलका बाबुराम भट्टराई सर्वप्रथम भएका छन्' । समाचारले शिक्षकको अनुहार चहकिलो भयो । तर, रेडियो फिर्ता गरेर ऊ पुनः कक्षामा प्रवेश गर्यो र बाँकी पाठ पढाउन थाल्यो ।
'पहिलोपटक चौतारामा भर्ना भएको म ०१९ साल फागुन २० गते दोस्रोपटक आँपको बगैंचामा
भर्ना भएँ,' उनले सुनाए । केही समय बगैंचामा पढेपछि स्कुलको भवन बन्यो । चैत र वैशाख दुई महिना पढेपछि जेठमा उनी तीन कक्षाको अर्धवाषिर्क परीक्षा दिन तयार भए । नतिजा आयो, बाबुरामको जिन्दगीभर फस्र्ट हुने रेकर्डको खाता यहीँबाट खुल्यो । 'म फस्र्ट भएँ र तुरुन्तै चार कक्षामा बढुवा भएँ,' उनले बताए । जेठबाट सुरु भयो कक्षा चारको पढाइ । मंसिरमा उनले आफूभन्दा चार महिनादेखि त्यही कक्षामा पढिरहेका साथीहरूसँग परीक्षा दिएँ । र, नतिजाले उनीबाहेक सबै आश्चर्यमा परे, फेरि पनि पहिलो हुने विद्यार्थीको नाम बाबुराम नै थियो ।
'फस्र्ट हुनु भनेको लत हो,' आज उनलाई यस्तो लाग्छ । 'फस्र्टलाई सधैं अर्काले जित्छ कि भन्ने डर हुन्छ, यो बडो खतरनाक आदत हो,' उनले विश्लेषण गरे- 'एउटा विद्यार्थी ९९ नम्बर ल्याउँदा बिगि्रयो भन्छ अर्को ३२ ल्याएर पास हुँदा खुसी हुन्छ ।'
'स्कुलमा मलाई गणित निकै मन पथ्र्यो,' अस्कलमा आइएससी भर्ना हुनुपछाडिको कारण उनले बताए । 'स्कुलमा मेरो गणितमा कहिल्यै ९९ नम्बर पनि आएन, सधैं सय,' उनले भने र एउटा पुरानो किस्सा सुनाए । 'हाम्रो स्कुलको हेडमास्टर केरलाका थिए । मैले सधैं सय..............................................................................................................
नम्बर ल्याएको देखेर उनले मेरो नम्बर घटाउने विचार गरेछन् । आठको जाँचमा उनले कसैले थाहा नपाउने गरी एउटा प्रश्न दस कक्षाको युनिटरी मेथडको घुसाइदिएछन् । म कक्षाको सबैभन्दा जान्ने विद्यार्थी मात्र थिइनँ, माथिल्लो कक्षाका विद्यार्थीले पनि मलाई सोध्थे । मैले त्यो दसको प्रश्न भन्ने चालै पाइनँ । तर, आफ्नो 'कमन सेन्स' प्रयोग गरेर त्यो पनि हल गरेँ, मिलेछ ।' यसप्रकार यसपटक पनि उनले सय नै ल्याए । 'म दस कक्षामा पुगेपछि एक दिन हेडसरले नै मलाई यो कुरा बताए,' उत्साही मुडमा उनले भने ।
आइएससीको पहिलो वर्षको परीक्षा बाबुरामका लागि फरक भएर आयो । 'फिजिक्सको एउटा प्रश्नमा म धेरै बेर अड्किएँ र पूरै हल गर्न सकिनँ,' यसले उनको रिसको पारो पनि बढाइदियो । 'मलाई सारै नमजा लाग्यो, अब म फस्र्ट हुन्नँ कि भन्ने लाग्यो । अनि भोलिपल्टको पञ्चायत पेपर छाडिदिएँ,' अब त उनी फस्र्ट नहुने प्रस्ट भइसकेको थियो । तर, 'रिजल्ट सुन्दा त म नै फस्र्ट भएछु,' यसपछि उनलाई जीवनमा पहिलोपटक लाग्यो- 'मलाई कसैले जित्न सक्दैन ।' नलागोस् पनि किन ? एउटा पेपर नै छोड्दा पनि फस्र्ट भइयो भने जो-कोहीलाई पनि यस्तै लाग्छ, उनी त झन् फस्र्ट हुने बानी परेका मानिस ।
के बाबुराम सामान्य पढाइले नै सधैं फस्र्ट भएका हुन् त ? 'होइन' केले हो त ? 'म बाह्रैमास पढ्थेँ, निद्रामा बाहेक मेरो दिमागमा सधैं पढाइकै कुरा खेल्थे,' उनले रहस्य खोले । 'पढ्ने भनेको सधैं पढ्ने हो, जाँचमा पढेर कोही फस्र्ट हुँदैन,' उनको यो कुरा सुनेर अहिलेका विद्यार्थीले के भन्दा हुन् ? उनी विद्यार्थीको पढाइमा शिक्षकको भूमिकालाई अहम् मान्छन् ।
स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरको परीक्षामा थुप्रै नक्सा बुझाउनुपथ्र्यो । तर, म नक्सा बनाउने समयमा सडक-आन्दोलनमा हुन्थँ । अन्त्यमा मैले पाँच दिन पाँच रात बसेर नक्सा बनाउनुपर्यो,' जीवनमा सबैभन्दा बढी समय काम गरेको वेलाको उनले सम्झना गरे । 'शुक्रबार रातिबाट काम थालेको थिएँ । बिहान-बेलुका क्यान्टिनमा खाना खान आउने समयबाहेक सबै समय नक्सा नै बनाइरहेँ । अन्तिममा बुधबार साँझ मात्र सकियो । नक्सा बुझाएर बल्ल म सुत्न गएँ,' उनले सुनाए । लगातार एक सय दस घन्टा लगाएर बनाएका यी नक्साले फेरि एकपटक उनलाई फस्र्ट बनाइदिए ।
यसपछि सुरु भयो जवाहरलाल नेहरू विश्वविद्यायलमा 'रिजनल डेभलपमेन्ट प्लानिङ'मा विद्यावारिधि । 'त्यसवेला मैले विश्वविद्यालयको पुस्तकालयमा निकै पढँ । बिहान नौ बजे पुस्तकालय खुल्दा सबैभन्दा पहिले म भित्र छिर्थें र राति १२ बजे निस्किन्थेँ,' उनी कक्षाबाट अब पढाइको कुरामा प्रवेश गरे । 'पिएचडीका वेला सिंहदरबारअगाडिको पुस्तकालयमा पनि धेरै पटक गएको छु । एकपटक त सबै गइसके भनेर पालेले मलाई भित्रै बन्द गरेर चाबी लगाएर हिँडेछन् । पछि त्यहीँ बस्ने अर्को पालेले खोलिदिएर म बाहिर निस्किएँ,' डाक्टरसाहेब ! फस्र्ट हुने मात्र होइन, पढ्ने पनि लत नै रहेछ ।